भेरीमा २३ जाँच

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा जाँच गरिएको २३ वटा स्याम्पल नेगेटिभ आएको छ । अस्पतालमा आइपुगेका २५ मध्येमा २३ वटाको रिपोर्ट नेगेटिभ आएको हो । दुई वटाको रिपोर्ट आउन बाँकी रहेको छ ।
अस्पताल प्रशासनका अनुसार, बाँकेको १६, बर्दियाको २ र दाङको ५ जनाको स्याम्पल जाँच भएको थियो । बाँकेका दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका तीन वटा आइसोलेसन अस्पतालमा हाल ११ जना बिरामी रहेका छन् । भेरीमा २, नेपालगञ्ज मेडिकल कलेजमा ८ र आर्मी अस्पतालमा एकजना रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ३ सय ९५ जनाको आरडीटी जाँच गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !