श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु

नेपालगञ्ज – श्रीमतीले चिर्पट दाउराले हान्दा श्रीमानको मृत्यु भएको छ ।
लकडाउन भन्दा केही अगाडि भारतबाट आएका प्यूठान घर भई दाङमा बस्ने गुमानसिंह अधिकारीको श्रीमतीसँग झगडा हुँदा हानाहान भएको थियो । त्यसक्रममा श्रीमतीले चिर्पट दाउराले टाउकोमा हान्दा अधिकारी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । अधिकारीको शव अहिले कोहलपुर मेडिकल कलेजमै रहेको छ ।
दाङ प्रहरी प्रवक्ता सुमित खड्काले श्रीमान र श्रीमतीको झगडा भएको, श्रीमतीले हान्दा श्रीमान गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । प्रहरीले अधिकारीकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।
लकडाउन अगाडि भारतबाट आएकाले क्वारेन्टाइनमा जान श्रीमतीले सुझाव दिएको बुझिएको छ । अधिकारीका छोरालाई ज्वरोसमेत आएको छ । यद्यपि, प्रहरीले उनीहरुको मदिराका कारण झगडा भएको बताएको छ । दाङ प्रहरी प्रवक्ता खड्काले घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो ।

केही दिनअघि बाँकेको बैजनाथ गाउँपालिकामा श्रीमानले लठ्ठीले हान्दा र धकेल्दा भित्तामा ठोक्किएर श्रीमतीको मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !