आइसोलेसनमा रहेका एकजनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजको आइसोलेसनमा राखिएका एकजनाको मृत्यु भएको छ ।
बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकलका डा. रोमन किदवाईका अनुसार, दमका बिरामी बेहनालाई दुई दिनदेखि आइसोलेसनको आइसीयुमा राखिएको थियो । बेहनाको स्वाव परीक्षण भइसकेको थिएन । डा. किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृतकको स्वाव परीक्षण र शव कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !