खजुरामा निशुल्क मनोपरामर्श सेवा

 

नेपालगञ्ज – खजुरा गाउँपालिकाले लकडाउनको समयमा पालिकाका जनताको मनोसामाजिक स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क मनोपरामर्श सेवा दिने भएको छ ।
पालिकाले मनोमनामर्शकर्ताका रूपमा भोजराज शर्मालाई नियुक्त गरेको छ । कोभिड–१९ को महामारीले निम्त्याएको त्रासदी र लकडाउनको समयमा व्यक्तिमा देखिनसक्ने मनोवैज्ञानिक समस्याको निदान र मनोपरामर्शका लागि पालिकाले शर्मालाई नियुक्त गरेको हो ।
क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्ति, घर पुग्न नसकेर बीचमा अलपत्र परेका व्यक्ति, मानसिक समस्याको उपचार भइरहेका तथा आवश्यक जोसुकैलाई प्रत्यक्ष वा फोनमार्फत् निशुल्क मनोपरामर्श सेवा दिइने पालिकाले जनाएको छ ।
महामारीको समयमा कोरोना संक्रमणभन्दा यसले निम्त्याएको मनोत्रास र लकडाउनको प्रभावले मानिसमा चिन्ता हुनुु स्वाभाविक हो तर यसले कतिपयलाई नकारात्मक मनोवैज्ञानिक जटिलता निम्त्याउन सक्छ । यस्ता समस्याको छिटो पहिचान र निराकरण भएन भने समस्या थप जटिल हुनसक्ने शर्मा बताउनुुहुन्छ । यस्ता समस्याहरूमा अनिद्रा, बढी निद्रा, चिन्ता, वेचैनी, निरन्तर तनाव, विस्मृति, विभ्रम आदि देखिनसक्छन् । यिनलाई समयमै व्यवस्थापन गर्नुपर्ने शर्माले बताउनुभयो ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट परामर्श मनोविज्ञानमा पीजीडी गर्नु भएको छ । खजुरा गाउँपालिका मनोपरामर्शकर्ता नियुक्त गर्ने पहिलो पालिका हो ।


error: यो सुविधा उपलब्ध छैन !