अन्ततः क्याम्पसमा राखियो भारतीयलाई

नेपालगञ्ज – धादिङको धार्केबाट नेपालगञ्ज आइपुगेका ५२ जना भारतीयलाई महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा राखिएको छ ।
कहाँ राख्ने भन्ने अन्यौलले दिनभरी नै वीपीचोकस्थित पेटीमा बसेका उनीहरुलाई साँझ क्याम्पसमा लगिएको हो । क्याम्पसलाई यसअघि नै क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । धार्केस्थित सत्या इट्टाभट्टामा काम गर्ने भारतीय खानाकै समस्या भएपछि घर जान हिडेका थिए । ६ दिनको हिडाई पछि नेपालगञ्ज आइपुगेका उनीहरुलाई प्रदेश सरकरको ठाडो आदेशमा क्याम्पसमा राखिएको छ ।
यसअघि नै क्याम्पसमा २५ जना बसिरहेका छन् । यद्यपि, त्यहाँ अहिलेसम्म ५२ जना बसिसकेका छन् । अरु सबै प्रक्रिया पूरा गरेर घरतिर लागेका छन् ।
जहाँ राखिन्छ, त्यही पालिकाले खानपिनको व्यवस्था गर्नुपर्ने भएकाले ती ५२ जना भारतीयलाई कहाँ राख्ने भन्ने दिनभरी नै अन्यौल भएको थियो । यसअघि चितवनबाट १२ दिन हिडेर आएका ६७ जना भारतीय बसेको हवल्दापुरस्थित स्कूलमा राख्ने कुरा गरिएपनि कोहलपुरले त्यसको विरोध गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !