लम्बियो लकडाउन

नेपालगञ्ज – बैशाख १५ गतेसम्म लकडाउन लम्बिएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले चौथो पटकका लागि १२ दिन लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि चैत्र ११ देखि १८, त्यसपछि २५ गते रातीसम्म, तेस्रो पटक चैत्र २५ देखि बैशाख ३ गतेसम्म लकडाउनको निर्णय गरिएको थियो ।
नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमित भेटिदै जादा सरकारले लकडाउन बढाएको हो । सरकारले बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । छिमेकी देश भारतले यसअघि नै लकडाउनको अवधि लम्ब्याइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !