हरायो हाँस, भयो कुटाकुट

नेपालगञ्ज – बाँकेको डुडुवा–३, हलबलडोलीमा सामान्य विवादमा कुटाकुट भएको छ ।
स्थानीय बासिन्दाका अनुसार, तीन दिन अघि जमाल खाँको हाँस हराएको विषयले ठूलो रुप लिएपछि कुटाकुटको स्थिति आएको थियो । घटनामा बदिउद्दिन खान, कस्बुदुजा खानलगायत घाइते भएका छन् । खानद्वयलाई उपचारका लागि एउटै एम्बुलेन्समा राखेर नेपालगञ्ज ल्याइएको छ । अरु तीन जनालाई पनि नेपालगञ्ज ल्याइदैछ ।
घाइते बदिउद्दिनका अनुसार, हाँस हराएको दिन पनि टोलमा सामान्य विवाद भएको थियो । त्यो दिन केहीबेरपछि विवाद सेलायो । त्यही कुरा आज फेरि उठ्यो । केही मानिस ‘तिमीले किन हाँस लुकायौ ?’ भन्दै बदिउद्दिनको घर आसपासमा पुगे । ‘हामीले लुकाएको छैन’ भनेर खान परिवारले प्रतिवाद गरे ।
झगडामा चर्काचर्की हुँदा दुई पक्ष बाँडिए । हात हालाहाल भयो । प्रहरी घटनास्थलमा पुगेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । थप मद्दतका लागि सशस्त्र प्रहरीलाई पनि पठाइएको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले आपसमा झगडा भएको खबर आएपछि प्रहरी पठाइएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !