लकडाउनमा नेपाली सिक्दै ‘लुई’

खजुरा – स्वीजरल्यान्डको न्युस्याटेल सिटीको स्थायी बासिन्दा ऊ यतिबेला सुदूरपश्चिमको गोदावरी नगरपालिका वडा नं. ८, मझगाउँमा छ । सम्भवत उसले यो कल्पना पनि गरेको थिएन कि यति लामो समय ऊ एकै ठाउँ मात्र होइन, एउटै घरमा बस्नुपर्ने छ ।
प्रकृतिसँग रमाउन एउटा साइकल लिएर निस्किएको एउटा ४२ बर्षे ठिटो ‘लुइ’ अर्थात् लुइस कोर्नेली छ महिना अघि टर्कीबाट आफ्नो साइकल यात्रा शुरु गरेको हो । यो ६ महिना बिचको अवधिमा उसँग इरान, दुबई, ओमनहुँदै भारतको प्रसिद्ध पिंक सिटी जयपुरका थुप्रै रोमाञ्चक यादहरु छन् । लुई कोरोना अर्थात् कोभिड–१९ को चरमोत्कर्षका समयको नजिकै गड्डा चौकी नाकाबाट नेपाल पस्यो । पश्चिम नेपालबाट नेपाल छिरेको लुईसँग सुदूरपश्चिमका साइकले भरत शाहसँगको चिनजान वार्मसावर भन्ने सोसियल एप्सबाट भएको थियो र नेपाल पस्न साथ भरत शाहसँग उसको भेट भयो ।


यही बिच संसारभरको कोरोनाको कहर अनि लकडाउनको परिस्थितिमा लुईको बाहिर निस्कने कुनै विकल्प थिएन । अहिले उ बिगत २७ दिनदेखि भरत शाहको ननपेड गेस्टको रूपमा छ । उसले मसँग अनलाइनमा गफ्फिदै सुनायो, ‘यो परिस्थिति त विषम छ सिंगो संसार समस्यामा छ तर यो विषम परिस्थितिमा पनि नेपालमा आफू सुरक्षित र घर परिवारको सदस्य सरह यसरी बस्न पाउदा खुशी छु ।’
लुईको अहिलेको लकडाउन दैनिकी साधारण नेपालीले बिताएको दैनिकी जस्तै छ । उ भरतसँगै घरको फुलबारीको हेरचाह गर्छ, लसुन गोड्छ । उसले भरतको परिवारसँगै यो पालीको तोरी पनि चुट्यो । अनि उ घरका केटकेटीसँग पनि रमाइलो गर्छ र केटाकेटी पनि उसलाई रुचाउँछन् । उ केटाकेटीलाई अंग्रेजी सिकाउछ अनि उनीहरु सँग नेपाली सिक्दैछ ।
यो अप्ठ्यारोमा भेटिएको बिदेशीलाई आफुले स–सम्मान एउटा परिवारको सदस्य सरह निशुल्क आतिथ्यता दिएको साइक्लिस्ट भरतबिक्रम शाहले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !