एक सय दुई जना लौरोको फन्दामा

नेपालगञ्ज – बाँके प्रहरीले अनावश्यक हिड्ने एक सय दुई जनालाई नियन्त्रणमा लिएको छ ।
‘मेन क्याचर स्टीक’ को माध्यमबाट बाँके प्रहरीले ९८ पुरुष र चार महिलालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, उनीहरु लकडाउनको बेलामा विभिन्न बहाना बनाएर बाहिर निस्किएका थिए । प्रहरीले अनावश्यक बाहिर हिड्नेलाई समात्ने र एकपटकलाई सम्झाएर छोडेको छ । फेरि पक्राउ परेमा मुद्दा चलाउने चेतावनी दिएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले सबैलाई कागज गरेर छोडेको जानकारी दिनुभयो ।
प्रहरीले बुधबार नै ८९ वटा मोटरसाइकलको चावी पनि नियन्त्रणमा लिएको छ । प्रहरीले केही दिनयता लकडाउनमा कडाई गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !