विवरण लिन घरघरमा जादै स्वयंसेविका

खजुरा – बाँकेको खजुरा गाउँपालिकाले कोरोनाविरुद्धको अभियानमा महिला स्वास्थ्य स्वयंसेविकालाई घरघरमा पठाउने भएको छ ।
गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिका अनुसार, खजुरामा रहेका एक सय आठ जना स्वयंसेविकालाई भोलीदेखि घरघरमा पठाइदैछ । उनीहरुले भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गर्नेछन् ।
यसबारेमा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले बुधबार प्रशिक्षण दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !