४ नम्बर वडा कार्यालयमा ताला

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को कार्यालयमा ताला लागेको छ ।
राहत बाँड्ने क्रममा विवाद भएपछि वडा कार्यालयमा ताला लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय अनुसार, वडा कार्यालयले विपन्न वर्गलाई राहत बाँड्दै थियो । वडा कार्यालयले वास्तविक विपन्नलाई छोडेर आफ्ना नजिकको मान्छेलाई दिन थालेको भन्दै स्थानीयले ताला लगाइदिएका हुन् ।
वडा कार्यालयले हुनेखानेले पनि राहत मागेको जनाएको छ । ‘तीन तले घर भएकाले पनि राहत मागेका छन् । हामीले दिन सकिदैन भन्दा विरोध भयो र तालाबन्दी गरियो, एक वडा सदस्यले भने । प्रहरीको सहयोगमा ताला फोड्ने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !