विपन्न खोज्दै डुडुवा

डुडुवा – डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न नागरिकलाई राहत वितरणका लागि लगत संकलन गरिरहेको छ ।
नेपाल सरकारले जारी गरेको कोरोना भाइरस (कोभिड १९) का बारेमा राहत वितरण निर्देशिका २०७६ अनुसार गाउँपालिकाको वडा नं. १ देखि ६ मा नागरिकहरुको लगत संकलन गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार लगत संकलनका लागि सबै वडा कार्यालयलाई जिम्मा दिएकाले सरकारले जारी गरेको निर्देशिका बमोजिम बास्तविक व्यक्तिहरुको तथ्यांक संकलन भइरहेको छ ।
लगत संकलन गरि तत्काल गाउँपालिकालाई विवरण पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । अहिले विभिन्न निकायहरुबाट राहत सामाग्री संकलनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई लयान्स क्लब, एनआएसी एसिया बैंकलगायतले राहत सामाग्री हस्तान्तरण गरिसकेका छन् ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि १० हजार घरधुरीलाई सावुन र मास्क वितरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !