अब अनावश्यक हिडे ‘मुद्दा’

नेपालगञ्ज – काम नभई त्यत्तिकै घर बाहिर निस्किन थाल्नु भएको छ ? यदि छ भने भित्र पसि हाल्नुस् है । बाँके प्रहरीले समातेर मुद्दा चलाउला !
अनुरोध र आग्रह गर्दा लकडाउनको पालना नभएपछि प्रहरीले ‘मेन क्याप्चर स्टीक’ को माध्यमबाट समातेर मुद्दासम्म चलाउने तयारी गरेको हो । त्यसको शुरुवात मंगलबारदेखि भइसकेको छ । पहिलो दिन प्रहरी नियन्त्रणमा परेका ४८ जनालाई ‘प्रतिबद्धता’ गराएर आफन्तीको जिम्मा लगाएको छ । ‘अब उनीहरु पक्राउ परे भने मुद्दा चल्छ, बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, आजदेखि केस नै चलाएर अघि बढ्ने कुरा भएको छ ।’


सरकारले बैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ । त्यसको पालनाका लागि बाँके प्रहरीले सवारी साधनको चाबी खोस्नेदेखि अनावश्यक हिड्नेलाई समात्ने अभियान चलाएको छ । घरभित्र बसिदिनुस्, आफ्नै लागि हो । तपाईले गर्दा अरुलाई पनि असर पर्न सक्छ भन्ने सन्देश दिंदा दिंदै पनि अनावश्यक हिड्ने मान्छेविरुद्ध प्रहरी एक्सनमा उत्रिएको छ ।
सीमावर्ती जिल्ला भएका कारणले भारतबाट ठूलो संख्यामा आएका मानिसहरु क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरसको राम्रो औषधी भनेकै घरभित्र बसिदिनु हो भन्ने सन्देशहरु प्रसारण भइरहदा बाँकेमा भने अनावश्यक खुट्टा, आङ तन्काउन सडकमा निस्किने प्रवृत्ति देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !