थप आठ वटा नेगेटिभ

नेपालगञ्ज – बाँकेबाट पठाइएको थप आठ वटा स्याम्पल नेगेटिभ आएको छ । एकै दिन पठाइएको २३ वटामध्येमा आठ वटाको नतिजा आएको हो । अहिलेसम्म जिल्लाबाट पठाइएको ५४ मध्येमा ३९ स्याम्पलको नतिजा नेगेटिभ आएको छ । अरु १५ वटाको नतिजा आउन बाँकी रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार, जिल्लाबाट २३ गते पठाइएको २३ मध्येमा आठ वटाको नतिजा नेगेटिभ आएको हो ।
जिल्लाबाट स्याम्पल संकलन गर्दै आएको पठाउने काम भइरहेको छ । मंगलबार भेरी अस्पतालमै ल्याब आइपुगेकाले अबको केही दिनदेखि यही जाँच हुने सम्बद्धहरुले बताएका छन् । बाँकेमा अहिले ४ सय ३२ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । एक सय ५ जना होम क्वारेन्टाइनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !