खजुरामा १६ सयलाई राहत

खजुरा – बाँकेको खजुरा गाउँपालिकाले लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुका लागी राहत वितरण शुरु गरेको छ ।
गाउँपालिकाद्वारा वितरण गरिने २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेलसहित वडा वडामा राहत सामाग्री पठाइएको हो । खजुरा गाउँपालिकामा वडा नम्बर १ देखि ८ सम्मका अति विपन्न, विपन्नहरुलाई राहत वितरण दिन शुरु गरिएको गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
खजुरामा एक हजार ६ सय ९८ जना परिवारले राहत पाउँदैछन् । राहत ३, ४ र ५ वडामा राहत पठाई सकिएको खजुरा गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिनुभयो । यसरी हरेक वडामा पठाइने राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिने गरि प्रक्रिया मिलाइएको गाउँपालिका प्रमुख कक्षपतिले बताउनुभयो । उहाँका अनुसार, यसरी राहत वितरण गर्दा सामाजिक दुरी कायम गर्दै एक पटकमा १० परिवारलाई दिइनेछ ।
गाउँपालिकाले केही दिनअघि राहत वितरण मापदण्ड पारित गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !