भेरीमा आयो मेसिन, अब धमाधम कोरोना जाँच

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना भाइरस जाँच्नका लागि पीसीआर मेसिन आइपुगेको छ ।
आज नेपालगञ्ज आइपुगेको मेसिनलाई तत्काल नै जडान गर्ने तयारी भएको छ । डा. बद्री चापागाईका अनुसार, बुटवलबाट एकजना प्राविधिक सिकाउन आउदै हुनुहुन्छ ।
लामो प्रतिक्षापछि नेपालगञ्जमा कोरोना जाँच मेसिन आइपुगेको छ । मेसिन जडान गरेर छिटो भन्दा छिटो धेरै जनाको स्याम्पल जाँच गर्ने अस्पताल प्रशासनले जनाएको छ । राम्रो खालको मेसिन भएकाले दिनमा सय जनासम्मको स्याम्पल जाँच गर्ने बताइएको छ ।
नेपालगञ्जका विभिन्न क्वारेन्टाइनमा चार सय बढी मानिस रहेका छन् । तिनीहरुमध्ये अहिलेसम्म ३१ जनाको स्याम्पल जाँच भएको छ । थप २३ जनाको स्याम्पल काठमाडौं पठाइएको छ । भेरीमा ल्याब तयार हुने बित्तिकै यहाँका रहेका सबैजनाको तीन÷चार दिनमै जाँच हुने सम्बद्धहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !