मन्त्रीहरुको दशगजा दौडाहा

नेपालगञ्ज – बाँकेको दशगजामा बनाइएको क्वारेन्टाइनमा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल पुग्नु भएको छ ।
कडा संघर्षका बाबजुद दशगजाको टेन्टमा बस्न आएका एक सय ८१ जनालाई सान्त्वना दिन मन्त्री बराल दशगजा पुग्नु भएको थियो । मन्त्री बरालले त्यहाँको सबै बस्तु अवस्था बुझ्नुभयो । प्रदेश सांसद कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले दशगजामा गरिएको व्यवस्थापनको अवगत गराउनु भएको थियो । त्यहाँ बसेका व्यक्तिले भुईमा बसेर आफ्ना ब्यथा सुनाएका थिए ।


दशगजामा यसअघि शुक्रबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी पुग्नु भएको थियो । भारतबाट फर्किने प्रायः कर्णाली प्रदेशकै मानिस रहेकाले मन्त्री भण्डारी उनीहरुको अवस्था हेर्न आउनु भएको थियो । सो अवसरमा मन्त्री भण्डारीले १४ दिनसम्म क्वारेन्टाइन (टेन्ट) मा बसेर सहयोग गरिदिन आग्रह गर्नु भएको थियो ।
दशगजाको क्वारेन्टाइनमा रहेका नेपालगञ्ज उपमहानगरपालिकाले खानपिनको व्यवस्था गरिरहेको छ । यो कुरा दुवैमन्त्रीलाई अवगत गराइएको थियो ।


आज आउनु भएका ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री बरालले भेरी अस्पताल र खजुराको क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षको अवलोकन गर्नु भएको थियो । भेरीका मेसु डा. प्रकाश थापा र खजुराको अस्पतालका बारेमा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले विस्तृत जानकारी दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !