राहतका नाममा विपन्नलाई गुणस्तरहीन चामल !

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष दीपक बर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्नुभयो, ‘राहतको नाममा गुणस्तरहीन चामल पठाउने कम्पनीलाई कारबाहीको दायरामा ल्याउन वडा कार्यालय माग गर्दछ ।’
वडाध्यक्ष बर्मा भन्नु हुन्छ, ‘वडा कार्यालयले राहत वितरण गरिसकेपछि राहत पाएका केही व्यक्तिले चामलको गुणस्तरमा प्रश्न उठाउनुभयो । हाम्रो टोलीले तत्काल स्थगत अनुगमन गर्दा चामल गुणस्तरहीन रहेको पाइएपछि त्यसलाई परिवर्तन गरेर अर्को चामल दियौं ।’
लकडाउनले गर्दा यतिबेला नेपालगञ्जका सबै वडाले दैनिक ज्याला मजदुरी गरी खाने विपन्न वर्गलाई राहत वितरण गरिरहेको छ । १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु, दुई किलो दाल, एक लिटर धारा तेल, एक किलो नुन र एक पिस साबुन वितरण भइरहदा विपन्नको चुल्होमा गुणस्तरहीन चामल पुगेको हो ।
वडा नं. १८ मा २ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको थियो । अरु वडामा पनि यस्तो गुणस्तरहीन चामल पुगेको गुनासो आएको छ ।
स्रोतका अनुसार, सबै वडामा चामल पु¥याउन एकजना जनप्रतिनिधिले नै मेसो मिलाएका थिए । उनले सबै वडामा फरक फरक मिलबाट उठाएर चामल पठाएका थिए । कोहीमा राम्रो र कोहीमा नराम्रो परेको उनले स्वीकार गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !