साबुन र मास्क वितरण

डुडुवा – कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि डुडुवा गाउँपालिकाले घर–घरमा साबुन र मास्क वितरण शुरु गरेको छ ।
गाउँपालिकाको वडा नं. १ देखि ६ नंंं. डाका झण्डै १० हजार घरधुरीलाई महामारीको संक्रमणबाट जोगिन सरसफाईमा विशेष ध्यान दिने उद्देश्यले साबुन र मास्क वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
प्रत्येक घरधुरीलाई दुई वटा साबुन र ४ वटा मास्क वितरण गरि स्वास्थ्य सचेतना र परामर्श दिने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । त्यसका लागि ३–३ जनाको १८ समूह बनाइ ५४ जनालाई परिचालन गरिएको छ । सामाग्री ओसार पोसारका लागि थप ६ जनालाई तयारी अवस्थामा राखिएको छ । समुदायमा परिचालित समूहलाई विशेष सतर्कताका साथ हैण्डवास, सेनीटाइजर, मास्क, ग्लोब्ससहितको सामाग्री प्रदान गरिएको छ ।
टोलीले समुदायका हरेक घर घरमा गएर रोगको संक्रमण, सरसफाइका बारेमा जानकारी, लकडाउनको पूर्ण पालना गराउनुका साथै नागरिकका गुनासा र सुझाव समेत संकलन गर्ने छ ।
यसैबी, गाउँपालिका अन्तर्गत निर्माण गरिएको ११ बेडको क्वारेन्टाइन र औषधी भण्डारण गरिएको स्टोरको समेत अनुगमन गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !