सहयोगका लागि आग्रह

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज र जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकीमा क्वारेन्टाइन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ ।
सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमिकै ब्यवस्थापन गरिएको हो । भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानीलगायत अत्यावश्यक ब्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशमशेर राणाले जानकारी दिनुभयो । नगर प्रमुख डा. राणाले बिहीबार विज्ञप्ती जारी गरि क्वारेन्टाइन निर्माण गरिएको स्थानमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिनुभएको छ । नगर प्रमुख राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्धार प्रणालीमार्फत सहयोगका लागि आग्रह गर्नुभएको छ । सहयोगका लागि ब्यक्ति संघ संघ संसथा र उद्योगीहरुले नगर प्रमाण राणा, उपप्रमुख उमा थापा र बरिष्ठ आलेप अलिकृत खिमानन्द अर्याललाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !