स्वाव लिन आएको जहाज दुर्घटनामा

नेपालगञ्ज – औषधी छोड्न र स्वाव लिन आएको नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।
काठमाडौंदेखि नेपालगञ्ज आएको जहाज ल्याण्ड हुने क्रममा चिप्लिएको हो । जहाज रनवेबाट चिप्लिएर सय मिटर दक्षिणमा पुगेको छ । जहाजमा पाँच जना थिए । सबै सुरक्षित रहेका छन् । जहाजका चालक र परिचालिकाबाहेक दुई जना डाक्टर थिए ।
स्वास्थ्य मन्त्रालयले बुटवलदेखि पश्चिमको स्वाव नेपालगञ्जदेखि लैजाने व्यवस्था मिलाएको छ । नेपाल एयरलायन्सको जहाज त्यसकै लागि नेपालगञ्ज आएको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले अहिले औषधी झिक्ने काम भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !