घरभित्रै बसिदिन वडाध्यक्ष रिजालको अनुरोध

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले वडावासीलाई सेल्फ क्वारेन्टाइन अर्थात घरभित्र सुरक्षित प्रक्रिया अपनाइ बसी दिन अनुरोध गर्नु भएको छ ।
नेपालगञ्ज सीमावर्ती शहर रहेको र भारतबाट आउनेका कारण जोखिम बढ्न सक्ने भन्दै वडाध्यक्ष रिजालले अत्यावश्यक कामबाहेक घरमै बसिदिन आग्रह गर्नु भएको हो । वडाध्यक्ष रिजालले भन्नुभयो, ‘अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किनुस् । बारम्बार साबुन पानीले हात धुनुस्, माछामासु राम्रोसँग पकाएर खानुस्, ज्वरोसहित रुघाखोकीको लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर आवश्यक परामर्श लिनुस् ।’
कोरोना भाइरसबाट आम वडाबासीलाई सुरक्षित राख्न तत्काल मास्क बितरण, बिभिन्न प्रचारात्मक अभियान सञ्चालन, सरसफाई र वडा स्तरमा हेल्थ डेस्क स्थापना गरि स्वास्थय परीक्षण गरिने वडाध्यक्ष रिजालले जानकारी दिनुभयो ।
वडाबासीको स्वास्थ्यलाई मध्यनजर गरि नेपाल सरकार तथा नेपालगञ्ज उपमहानगरपालिकाको निर्णयलाई आत्मसात गर्दै २१ गतेसम्म वडा कार्यालयबाट दिइने सेवाहरु मध्ये अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !