एक्कासी किन नेपालगञ्ज आउदैछन्, बहराइचका डीएम

नेपालगञ्ज – भारत बहराइचका डीएम (सिडियो) र एसपी नेपालगञ्ज आउँदै छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी र एसपीसँग ‘भेटघाट’का लागि उनीहरु नेपालगञ्ज आउन थालेका हुन् । बहराइचका डीएम र एसपी एक्कासी किन आउन थालेका हुन् खुलिसकेको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बहराइचका डीएम आउने कुरा भएकाले कहाँ, कतिबेला भेट्ने समन्वय हुँदै गरेको बताउनुभयो । बाँकेका एसपी वीरबहादुर ओलीले बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमार आउने सूचना पाएको बताउनुभयो । ‘दुवै जना नेपालगञ्ज आउदैछन्, नेपालगञ्जमा भेट्न् कि जमुनाहा नाकातिर भेट्ने छलफल गर्दैछौ, एसपी ओलीले भन्नुभयो, किन भेट्न खोजिएको हो भेटघाटपछि थाहा होला ।’
दुई दिनअघि मात्रै नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बर्दियाको ठाकुरद्वारामा बैठक बसेको थियो । बैठकमा भारतका डीएमहरु आएका थिएनन् । त्यतिबेला नेपालका प्रमुख जिल्ला अधिकारीहरुले प्रश्न उठाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !