कोरोनाको त्रासमा चरेश बोकेपछि…

नेपालगञ्ज – कोरोनाको त्रासले नाकामा कडाई भइरहेको बेलामा कालिकोटका दुई महिला चरेश बोकेर जमुनाहा पुगेका छन् ।
कालिकोट घर भई नेपालगञ्जको बाँकेगाउँमा डेरा गरी बस्ने सुविधा शाही र अनुजा शाही एक किलो २ सय २५ ग्राम चरेशसहित पक्राउ परेका हुन् । लखनऊससमेत कोरोनाको संक्रमित देखिएपछि त्यसलाई नेपाल भित्रिन नदिन नाकामा कडाई भइरहेको बेलामा यी दुई महिला चरेश बोकेर नाका पार गर्न निस्केका थिए ।
इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले हाते झोलामा चरेश राखेर भारत जान थालेका महिलालाई नियन्त्रणमा लिएको हो । केही दिनअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ठूलो मात्रामा चरेशसहित दुई नेपालीलाई रुपैडिहामा पक्राउ गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !