आठ कक्षामा दुई हजार सात सय ८० विद्यार्थी

नेपालगञ्ज – नेपालगञ्मा कक्षा ८ को परीक्षामा दुई हजार ७ सय ८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले बिहीबारदेखि हुने कक्षा ८ को आधारभूत तहको परीक्षामा ७५ वटा विद्यालयका दुई हजार सात सय ८० विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो ।
विश्वभरमा कोरोना (कोभिड–१९) को समस्या देखिएपछि नेपालगञ्जमा पुर्व निर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन हुन लागेको हो ।
परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्जमा आधारभुत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !