चैत ५ भित्रै परीक्षा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा चैत ५ गतेभित्र कक्षा ९ सम्मका परीक्षा सम्पन्न हुने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बोर्ड बैठकले सम्पूर्ण परीक्षा ५ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १३ का अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा बिहीबार बसेको परीक्षा समितिको बैठकले कक्षा ८ को परीक्षा समेत ५ गतेभित्र गरिसक्ने निर्णय गरेको छ ।
नेपालगञ्जमा ६५ वटा आधारभुत तहका विद्यालय रहेका छन् । यसअघि कक्षा ८ को परीक्षा चैत ४ देखि शुरु गर्ने पूर्व निर्धारित कार्यतालिका थियो ।
परीक्षा सञ्चालन लगायतका विषयमा प्याब्सनको टोलीले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा लगायतसँग छलफल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वभर कोरोना (कोभिड–१९)को संक्रमण र त्रास बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन भन्दै कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गरि चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने ब्यवस्था मिलाउन र विद्यालयमा जनभेला हुनेखालका कार्यक्रम सञ्चालन नगर्न नगराउन आग्रह गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !