डुबुल्की मार्न जाऊ है रंगशाला

नेपालगञ्ज – नेपालगञ्जमा गर्मी बढ्दै छ । देशकै बढी गर्मी हुने ठाउँको उपमा पाएको नेपालगञ्जमा वर्षमा आठ महिना गर्मीले सताउँछ । प्रचण्ड गर्मीमा नेपालगञ्ज रंगशालामा बनेको पौडी पोखरीले शीतलता प्रदान विश्वास गरिएको छ ।
दश वर्षमा बनेको पौडी पोखरीको राखेपका सदस्य सचिव रमेश सिलवालले उद्घाटन गर्नुभयो । हुन त यो पौडी पोखरीको ‘मिनि उद्घाटन’ तत्कालिन सदस्य सचिव केशव विष्टले गरिसक्नु भएको थियो ।
नेपालगञ्जलाई केन्द्रविन्दुमा राखेर सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीको खेल यही आयोजना गर्ने तयारी गरिएको थियो । केही प्राविधिक कारणले अन्तिममा होटलमा पौडी प्रतियोगिता गरिएको थियो ।
१९ करोडको लागतमा बनेको पौडी पोखरीको उद्घाटन गर्दै सदस्य सचिव सिलवालले गर्मीमा शीतलता प्रदान गर्ने मात्रै होइन, पौडीका खेलाडी उत्पादन गर्नमा यसले ठूलो टेवा पु¥याउने बताउनु भयो ।


नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले आफू स्कूल पढ्दाको पौडी खेलाडी भएकाले रंगशालाको पौडी पोखरीमा स्वीमिङ गर्न आइरहने बताउनुभयो । उहाँले पौडी पोखरीलगायत नेपालगञ्जमा बनेका संरचनाहरुको संरक्षणमा चासो देखाउनुभयो ।
मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम वली, जयन्त शर्माले बनेका र बन्दै गरेका खेलकुदका संरचनाहरुलाई मर्मत, संरक्षण गर्न सबैको पहल आवश्यक रहेको बताउनुभयो ।
नेपालगञ्जमा आएका सदस्य सचिव सिलवालले रंगशाला बनेका सुटिङ, भारोत्तोलन एकेडेमीलगायतको संरचनाको निरीक्षण गर्नु भएको थियो । सो अवसरमा सुटिङका गोल्डमेडलिष्ट नरेन्द्र थापालगायतले समस्याहरु सुनाउनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !