बैश्य समाजमा नन्दलाल कि रामलखन बलियो ?
नेपालगञ्ज – नेपालगञ्जमा कसौधन बैश्य समुदायको बाक्लो बसोबास रहेको छ । बजारमा ६ हजार घरपरिवार रहेको तथ्यांक देखिन्छ ।
नेपालगञ्जको रैथाने समुदाय हुन्, कसौधन बैश्य समाज । समाजको नेतृत्व गर्न तीन जना दौडधुपमा लागेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष भइसकेका नन्दलाल बैश्य, रामलखन बैश्य र रमारानी बैश्य अध्यक्ष बन्ने दौडधुपमा निस्केका हुन् । फाल्गुन २४ गते समाजको निर्वाचन हुँदैछ ।
नन्दलाल र रामलखनले प्यानल नै बनाएर चुनावमा होमिएका छन् । रमारानीको प्यानल बनिसकेको छैन । समाजमा एक हजार सात सय सदस्य रहेका छन् । सबैले सदस्यता लिइसकेका छैनन् ।
चुनावमा होमिएका व्यक्तित्वहरुले समाजका लागि गर्ने कामहरुको फेहरिस्त बनाएर अपिल मात्रै सार्वजनिक गरेका छैनन्, घरघरमा पुगेर मत मागिरहेका छन् । कसौधन बैश्य समाजको चुनावलाई मिनी व्यापार संघको उपनाम दिइएको छ ।