एमसीसी सम्झौताको पक्षमा कांग्रेस
नेपालगञ्ज – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस एमसीसी सम्झौताको पक्षमा रहेको बताउनु भएको छ ।
नेपालगञ्जमा बुधबार वीपी स्मृति पुस्तकालयको उद्घाटन गर्दै नेता सिंहले नेपाली कांग्रेसले एमसीसी सम्झौता गर्न ग्रिन सिग्नल दिइसकेको बताउनुभयो ।
नेता सिंहले एमसीसी सम्झौता आर्थिक विकासका लागि भएको र त्यसले सुरक्षासँग सम्बन्ध नराख्ने बताउनुभयो । एमसीसी सम्झौताका विषयमा सत्ताधारी नेकपाभित्रै बबाल भइरहेको बेलामा कांग्रेसका नेताबाट यस्तो प्रतिक्रिया आएको छ ।
जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई पावर पोलिटिक्स भन्दा आदर्श र सिद्धान्तको राजनीति गर्न सिंहको आग्रह थियो ।
युवा नेता गगन थापाले अधिनायकवाद चुनाव जितेर आएर विकास र समृद्धिको कुरा गरिरहेको बताउनुभयो । उहाँले सरकारले सेना, न्यायालय, अख्तियार सबैतिर हात हालेको थापाको आरोप थियो ।
प्रजातन्त्र दिवसको अवसर पारेर कांगे्रस बाँकेले वीपी स्मृति पुस्तकालय गरेको छ । त्यसअघि नेताहरुले वीपीचोक र गणेशमानचोकमा पुगेर नेताहरुको शालिकमा माल्र्यापण गरेका थिए ।