कांग्रेसको प्रदर्शन

नेपालगञ्ज – तरुण दलको संयोजनमा कांग्रेस, बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
ललिता निवास प्रकरणमा कांगे्रसका नेतालाई मात्रै फसाइएको भन्दै कांग्रेसले विरोध गरेको हो । पार्टी कार्यालयबाट नाराबाजी गर्दै निस्केको जुलुश वीपीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै क्षेत्रीय अध्यक्ष रमेश गुप्ता, नेविसंघका जिल्ला अध्यक्ष पूर्ण आचार्य, तरुण दलका कावा अध्यक्ष विनोद रिजाल, फूलाराम चौधरीलगायतले अख्तियारले कांग्रेसका नेतालाई मात्रै फसाउने काम गरेको आरोप लगाउनुभयो । उहाँहरुले तत्कालिन प्रधानमन्त्री माधव नेपाल, डा. बाबुराम भट्टराईसँगै विष्णु पौडेलका बारेमा पनि अनुसन्धान गर्ने जिकिर गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !