तस्विरमा स्व.सुशील कोइरालाको सम्झना

काठमाडौं – आइतबारको विहान महाराजगञ्जस्थित कोइराला निवासको मूलगेटमा उभिएर अतुल कोइराला आगन्तुकहरुलाई स्वागत गरिरहेका थिए । अनि चियापानको खटन पटनमा मृदुला कोइराला लागिरहेकी थिइन् ।
कोइराला निवासको मूल ढोकामा राखिएको स्व.सुशील कोइरालाको तस्विरमा केही थान पूmलका गुच्छा, माला अनि अविर लगाइएको थियो ।
पार्टी सभापति शेरबहादुर देउवा उक्त अनौपचारिक कार्यक्रममा केहीबेर सहभागी भए । उपस्थित नेता तथा कार्यकताृहरुले उनीसँग तस्विर खिचाए ।
कार्यक्रममा स्व.सुशील कोइरालाको विषयमा खासै कुनै चर्चा परिचर्चा त थिएन तर नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति भने गज्जबकै थियो ।
कार्यक्रममा सहभागी काँग्रेस नेता धनराज गुरुङले महामन्त्री डा.शशांक कोइरालालाई नेतृत्वका लागि सशक्त भएर अघि बढ्नु आवश्यकता देखिएकाले कार्यकर्ताको मन जित्नुहोेस् अनि मात्रै मतबाट जितिन्छ भन्दै आसन्न महाधिवेशनमा सभापतिका लागि तयारी गर्न अनुरोध गर्दै थिए ।
कार्यक्रममा सहभागी काँग्रेस नेता प्रकाशमान सिंह र महामन्त्री कोइराला गफिदै गर्दा कार्यकर्ताहरुको ध्यान खिचे । कोषाध्यक्ष सीतादेवी यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्व. सभापति कोइरालाको यागेदानको चर्चा गरिन् । उपसभापति विजयकुमार गच्छदार पनि केहीबेर सहभागी भए । सहमहामन्त्री प्रकाशशरण महत पनि केहीबेर कार्यक्रममा सहभागी भएका थिए ।
सहभागीमध्येका डा.शेखर कोइराला हतारमा झैं थिए । सुजाता कोइराला पनि केही बेर कार्यक्रममा देखिइन् । तरुणदलका नेताहरु विनोद कायस्थ, भुपेन्द्रजंग शाही, विद्यार्थी नेताहरु महेन्द्र शर्मा, प्रदीप पौडेललगायतका युवाहरु पनि उपस्थित थिए ।
प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोख्रेल, सल्लाहकार शिव लम्साललगायतकाहरु पनि कार्यक्रममा देखिन्थे ।
नेपाली काँग्रेसका स्व. सभापति सुशील कोइरालाको पाँचौ स्मृतिका दिन पारेर सुशील कोइराला मेमोरीयल फाउण्डेशनको आयोजनामा आइतबार कोइराला निवास महाराजगञ्जमा मात्रै चियापान कार्यक्रम सम्पन्न भएको हो । फाउण्डेशनको अध्यक्ष डा. शशांक कोइराला र सदस्य सचिवमा अतुल कोइराला छन् ।
२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए । पार्टी सभापति रहेकै बेला उनको निधन भएको हो । २०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वा्चित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए । उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !