विद्यार्थी संगठनको एकता प्रक्रिया टुंगियो
बर्दिया – बर्दियामा साविकको अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को एकता प्रक्रिया टुंगिएको छ । यी दुई संगठनलाई एकता प्रक्रियामा ल्याउदै ३५ सदस्यीय जिल्ला कमिटी बनाइएको हो ।
३५ सदस्यीय कमिटी बनाउदा साविकको अनेरास्ववियु (क्रान्तिकारी) बाट १८ र अनेरास्ववियुबाट १७ जनाको प्रतिनिधित्व गराइएको छ । ११ जनाको सचिवालय र ५ जनाको कार्यालय टीम बनेको छ । साविकको अनेरास्ववियुबाट सचिवालयमा ६ र कार्यालय टीममा ३ जना परेका छन् । क्रान्तिकारीबाट सचिवालयमा ५ र कार्यालयमा दुई जना समेटिएका छन् । जिल्ला संयोजकमा महेन्द्र पंगेनी र सहसंयोजकमा रेशम अधिकारी चयन भइसकेका छन् ।
जिल्ला कमिटीको शपथ तथा प्रथम पूर्ण बैठक फाल्गुन १ गते जनयुद्ध दिवसको दिन बस्ने निर्णय गरिएको छ ।
एकता प्रक्रियालाई पूर्णता दिन अनेरास्ववियुका केन्द्रीय सदस्य निमराज खनाल र जीतबहादुर रोकायको उपस्थिति रहेको थियो ।