स्तन क्यान्सरको उपचारमा आर्टिफिसियल इन्टिलिजेन्स राम्रो

नेपालगञ्ज (एजेन्सी) – स्तन क्यान्सरको उपचारमा डाक्टरहरु भन्दा आर्टिफिसियल इन्टिलिजेन्स (एआई–कृत्रिम बुद्धिमत्ता) बढी सफल र स्पष्ट रहेको एक अध्ययले देखाएको छ ।
नेचर जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार स्तन क्यान्सरको उपचारमा डाक्टरहरुको तुलनामा एआई बढी सही देखिएको छ ।
गुगल हेल्थ तथा इम्पेरियल कलेज लण्डनसहितका संस्थामा आवद्ध अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले कम्प्युटर मोडल सिर्जना गरेर त्यसलाई तालिम दिई झण्डै २९ हजार महिलाका एक्स–रे हरुको अध्ययन गराए ।
तर मामोग्रामसको अध्ययनमा एआईले ६ रेडिओलोजिस्टलाई पछि पारेको हो । दुई डाक्टर मिलेर काम गर्दा पनि एआई नै अघि देखिएको छ ।
मानवको तुलनामा एआईमा थकान नहुने देखिएकाले उनीहरु बढी सही भएका हुन् । यसले अध्ययन अनुसन्धानलाई थप सहयोग गर्ने अपेक्षा गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !