लुम्बिनीका स्वास्थ्य सचिव श्रेष्ठद्वारा जमुनाह हेल्थ डेस्ककाे अनुगमन र छलफल
नेपालगन्ज – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले नेपाल- भारत सिमानामा रहेकोे बाँके जिल्लाको “जमुनाहा हेल्थ डेस्क” काे अनुगमन तथा छलफल गरेका छन् ।
सचिव श्रेष्ठ र निर्देशक चाैधरीले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीसँग सेवाको अबस्था र प्रभावकारिताको विषयमा छलफल गरेका हुन् । स्वास्थ्य सचिव श्रेष्ठले रुपैडिया नाकाबाट नेपाल भित्रिने यात्रीको स्वास्थ्य अबस्था जाँच गरि सरुवा रोग लागेका बिरामीलाई आइसाेलेसन र सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टाइनमा राखी रोग फैलिनबाट रोक्नु पर्ने बताउनुभयाे । सरुवा राेग भित्रिनबाट राेक्न हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीकाे भूमिका महत्वपूर्ण भूमिका भएकाे र त्यसका लागी स्वास्थ्यकर्मीले इमानदारीपूर्वक सेवा प्रदान गर्नु पर्ने बताउनुभयो ।
उहाँले सोको ब्यबस्थापनमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताउनु भयो ।
निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्रुमार्फत नेपाल भित्रिन दिन नहुने बताउनुभयाे ।
छलफलमा स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ र हेल्थ डेस्कबाट १२ जना स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागी थिए ।