सरकारी निर्णयविरुद्ध प्रदर्शन

नेपालगञ्ज – ‘मन्त्रीपरिषद्को निर्णय खारेज गर, भूमाफिया मुर्दाबाद, गुठी रैतनी नम्बरीबाट तैनाती गर्न पाइदैन’ जस्ता नारा लगाउदै करमोहनाका बासिन्दाले जिल्ला प्रशासन र मालपोत कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।


सरकारले बागेश्वरी मन्दिरको नाममा रहेको ८४ विगाह फिर्ता गर्ने निर्णय गरेसँगै त्यो जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित भएका हुन् । प्रदर्शनीसँगै उनीहरुले बागेश्वरीको नाममा जग्गा रहेको भए लालपूर्जा देखाउन चुनौती दिएका छन् ।


सरकार र सरकारद्वारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगप्रति उनीहरुले रोष प्रकट गरेका छन् । आयोगका सदस्य जगत देउजाको टोलीले नेपालगञ्जमा आएर अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।


मन्दिरको जग्गा व्यक्तिकोमा परिणत गरेर बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग जोडले उठेको छ । मन्दिरको जग्गा थियो भने व्यक्तिको गएर कसरी किनबेच भयो, मालपोत कर्मचारीले के हेरेका थिए, प्रश्न गरिएको छ । स्थानीयवासी तुलाराम कुर्मी, अब्दुल रसिद बागवानलगायतले नेतृत्व गरेर प्रदर्शन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !