सरस्वति पूजा, रंगीचंगी रामलिला मैदान

नेपालगञ्ज – आज माघ शुक्ल पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ । विद्याकी देवी ‘सरस्वति’ को आराधना गर्ने चलन छ । आजको दिनलाई सरस्वतिदेवीको सबैभन्दा मनपर्ने दिन भनिन्छ ।
जहाँ सरस्वतिको मन्दिर छन्, त्यहाँ विशेषगरी विद्यार्थी वर्ग, साना साना नानीहरु गएर सरस्वतिको आराधना गर्दै अक्षर लेख्ने गर्छन् । श्रीपञ्चमीको दिन सरस्वतिको आराधना ग¥यो भने शिक्षाबाट कहिले पनि विमुख हुनु पर्दैन भन्ने धारणा छ ।


आजको दिनलाई शिक्षा आरम्भ गर्ने दिन पनि भनिन्छ । वैदिक कालदेखि नै आजको दिन, कुनै सीप सिक्न, विद्या आर्जन गर्न, प्रविधि सिक्न सुरु गर्नु उत्तम मानिन्छ ।
आजको दिनबाट धेरै बालबालिकाहरु विद्यालय जान सुरु गर्छन् । यस्तै श्रीपञ्चमीलाई असाध्यै पवित्र दिन मानिन्छ । आजको दिन केही काम शुभारम्भ गर्नुप¥यो भने साइत हेर्न पर्दैन ।


नेपालगञ्जको रामलिला मैदानमा रहेको सरस्वति मन्दिरमा बिहानैदेखि भीड लागेको छ । विद्यार्थीहरु सरस्वतिको पूजा गर्न व्यस्त छन् । आसपासमा पूजा सामाग्रीका पसलहरु राखिएका छन् । सरस्वति मन्दिर आसपासमा रंगीचंगी देखिन्छ ।


नेपालगञ्जमा सरस्वति पूजाको दिन रामलिला मैदानको मन्दिरमा जाने गरिन्छ । बागेश्वरी मन्दिर परिसरमा पनि भर्खरै सरस्वतिको मन्दिर बनेको छ । त्यहाँ पनि पूजा गर्नेहरु पुगेका छन् । स्कूलहरुले आफ्नै स्कूलमा पूजा गर्ने व्यवस्था मिलाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !