चर्चा र विवाद दुवैमा राहुल गान्धी

सुनपानी डेस्क – लोकसभा निर्वाचन २०१९ को हारबाट थलिएको भारतीय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी रेप इन इण्डिया भन्ने भाषणले फेरी विवादमा तानिएका छन् । तर उनी आफुले बोलेको कुरामा लगातार अडिग छन् । निर्वाचनमा हार होस् वा जीत भारतमा गान्धी परिवार सदाबहार रहन्छन् ।
‘राहुल की सबसे बडी दिक्कत ए है मोदी के जमानेमे गान्धी होना, य किसी के लिए भि बहुत कठिन काम है । ’–ओपन म्यागजिनका सम्पादक एस.प्रसन्नराजनका भनाई हुन्, राहुल गान्धीका विषयमा ।
‘दिलकी वात पूछते हैं, मनकी बात नहीं थोपते ’ भन्दै सामाजिक सञ्जालमा सक्रिय छन् – राहुल गान्धी, प्रधानमन्त्री नरेन्द्र मोदीको रेडीयो कार्यक्रम ‘मन की वात’ लाई ब्यंग्य गर्दै चुनावी अधियानमा भनेका थिए ।
सन् १९४७ मा स्वतन्त्र भएको भारतमा लामो समय सत्तामा रहेको पार्टी इण्डियन नेशनल काँग्रेस, त्यसको विकल्पको शक्तिका रुपमा सन् १९८० मा स्थापना भएको भारतीय जनता पार्टी बीच अहिले कटुता उच्च तहमा पुगेको छ । पछिल्लो पटकको जम्मु कश्मिरमा धारा ३७० हटाउने विषय हुँदै नागरिकता संशोधित विधेयकले दुई पार्टीबीचको कटुता थप चर्चाको विषय बनिरहेको छ ।
जीवनको ३४ औं वसन्त पुग्दा औपचारिक रुपमा राजनीति शुरुवात भएको थियो राहुलको । नेहरु–गान्धी परिवारका एक उत्तराधिकारीका रुपमा राहुलले पार्टीको नेतृत्व एक कार्यकाल सम्हालिसके ।

भारतको राजनीतिमा ‘मिष्टर क्लिन’ का नामले परिचित राजीव गान्धी र सोनिया गान्धीका छोरा राहुलको जन्म सन् १९७० जुन १९ मा भएको हो ।
दून स्कुलबाट शुरुभएको राहुलको शिक्षा सेन्ट स्टेफीन्स कलेज, दिल्ली हुँदै हार्वड युनिभर्सीटी सम्म पुग्यो तर उनले हार्वडमा शुरु गरेको अर्थशास्त्रको अध्ययन (सन् १९८१ देखि १९८३ सम्म सुरक्षको कारण) विचमै छोडे । उनले विंटर पार्क रोलिन्स कलेज फ्लोरीडाबाट सन् १९९४मा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरे । उच्च शिक्षा हासिल कै क्रममा राहुलले क्याम्ब्रीज विश्वविद्यालय अन्तर्गतको ट्रिनिटी कलेजबाट सन् १९९५मा ‘डेभलपमेन्ट स्टडीज’ विषयमा एमफील सम्मको अध्ययन पुरा गरेका छन् ।
आफ्नो परिवार राजनीतिमा रहेको भएपनि उनले केही समय व्यावसायिक जीवन पनि विताए । लण्डन स्थित ‘ब्राण्ड स्टेट्रजी’ अन्तर्गतको मोनिटर ग्रुपको कम्पनीमा राहुलले करिव ३ वर्ष काम गरे । सन् २००२मा भारत फर्केका राहुल मुम्बईमा रहेको ब्याकप्स सर्विसेज लिमिटेड नामक कम्पनीमा आवद्ध भएर काम गरेका
थिए ।
सन् २००४ मा भएको लोकसभा चुनावमा उत्तरप्रदेशको अमेठीबाट सांसद निर्वाचित भएका राहुललाई पटक टिक स्पिच डिफेक्ट्सको आलोचना खेप्नु परेको थियो । खासगरी विरोधी दलहरु र राजनीतिक विष्लेशकहरुका तर्फबाट ।
सन् २००८मा राहुलले आफुमा आत्मविश्वास बढाउन बक्सिङ्ग पनि सिकेको समाचारले कुनैबेला भारतीय मिडियामा चर्चा बटुलेका थिए । ओमप्रकाश भारद्धाजसँग राहुलले बक्सिङ्ग सिकेका थिए ।
भारतीय सञ्चारमाध्यममा उनी एकपटक फेरी कभरेजमा आए तब, जब राहुलले मुम्बईको लाइफलाइन मानिने लोकल रेल चढेर यात्रा गरेका थिए ।
सन् २०१३मा पार्टीको उपाध्यक्ष भएका राहुल गान्धी त्यस अघि भारतीय युवा काँग्रेसका अध्यक्ष भएका थिए । १६ डिसेम्बर २०१७ देखी राहुल गान्धीले पार्टीको अध्यक्ष पद सम्हाले पनि २०१९को लोकसभामा पार्टीको हारको जिम्मेवारी आफुले लिंदै पार्टी अध्यक्षको पदबाट राजनीनामा गरेका हुन् ।
उनका बाबु राजीव गान्धीले ३६ वर्षको उमेरमा राजनीतिमा पाइला राखेका थिए भने, गान्धी परिवारका अर्का सदस्य सञ्जयले ३० वर्षको उमेरमा निर्वाचन लड्दै राजनीतिमा उत्रेका थिए । एक विमान दुर्घटनामा उनको निधन भयो । राहुलकी हजुरआमा इन्दिरा गान्धीले ४२ वर्षको उमेरमा पार्टीको अध्यक्ष पद सम्हालेकी थिइन् ।

‘यदि १९९२ मा नेहरुको सरकार भएको भए बाबरी मस्जिदाई तोडिने थिएन, उतिबेला पीवी नरसिंह राव काँग्रेसको सरकार थियो ।’–राहुलले १९ मार्च सन् २००७ मा भाषणका दौरान भनेका थिए । उक्त भाषण राहुल गान्धीको राजनीतिक जीवनकै सबैभन्दा अपरिपक्व भाषण भनेर सर्वत्र आलोचना भएको थियो ।
राहुल गान्धीमा राजनीतिक परिपक्वता ल्याउनमा उनको अमेरीकास्थित क्यालिफोर्निया विश्वविद्यालयको कार्यक्रममा लिएको सहभागिताले महत्वपूर्ण भुमिका खेलेको राजनीतिक विश्लेषकहरुको भनाई छ । त्यहाँ उनले भारतको राजनीति र विदेश नीतिका विषयमा बोलेका थिए ।
विभिन्न विश्वविद्यालयको अध्ययनका बारेमा ती सबै झुट भएको भन्दै सन् २००६मा न्युजविक ले राहुल गान्धीमाथि आरोप लगाएको विषयले पनि भारतमा चर्चा बटुलेको थियो ।
२०१९को लोकसभा चुनाव प्रचारका क्रममा मात्र टाउनहिल चेन्नाइमा छात्राहरुसँगको साक्षात्कारमा राहुलले एक प्रश्नकर्ता छात्रालाई आफुलाई सम्बोधनमा सर नभन्न आग्रह गर्दै ‘राहुल’ मात्रै भन्न गरिएको अनुरोधले उनी फेरी चर्चामा रहे । यसअघि पनि उनले आफ्ना बक्सिङ्ग गुरु ओमप्रकाश भारद्धाजलाई यस्तै आग्रह गरेका थिए । बक्सिङ्ग गुरु भारद्धाजले उनलाई सम्बोधन गर्दा राहुल जी र राहुल सर भन्ने गरेको समाचार माध्यमहरुले उल्लेख गरेका थिए ।
राजधानी दिल्लीस्थित खान मार्केटमा कहिलेकाहीं कफी पिउन जानेदेखि वेरोनिक नाम गरेकी एक युवती आफ्नी केटी साथी भएको स्वयं बताउने अविवाहित ४८ वर्षीय राहुल गान्धी पछिल्लो पटक लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकंमाल गरेर चर्चामा रहे ।
आफ्नो भाषणलाई लिएर मात्रै होइन चीन र भारत बीचको डोक्लाम विवाद ताका चीनका राजदूतलाई गोप्यमा भेटेको विषयले राहुल गान्धीलाई फेरी विवादमा धकेल्यो ।
लोकसभा निर्वाचन २०१९ मा उनले गर्ने भाषण जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयुका विद्यार्थी नेता सन्दिप सिंहले लेखिदिने गरेको विषयले चर्चा पाएको थियो । सन्दिप उनै विद्यार्थी नेता हुन जसले युपीए नेतृत्वमा बनेको काँग्रेस सरकारका प्रधानमन्त्री डा. मनमोहन सिंहलाइ कालो झण्डा देखाएका थिए ।
आफ्नो राजनीतिक जीवनमा सेक्युलरिज्ममा विश्वास गर्ने राहुल गान्धीले चुनाव ताका मन्दिर जाने र आफुले लगाएको नुतन अर्थात जनै देखाउन समेत पछि पर्दैनन् । राहुल गान्धी नेपालको बाटो भएर कैलाश मानसरोवर समेत पुगेका छन् ।
सन् २०१४ र २०१९ को लोकसभा निर्वाचनमा अनपेक्षित हार व्यहोर्नुपरेका राहुलले यसअघि राजनीतिक करियरलाई अगाडी बढाउन सन् २००९ को लोकसभा निर्वाचनमा ६ हप्तामा देशभरी नै १ सय २५ वटा कार्यक्रमलाई सम्बोधन गरेका थिए । उत्तरप्रदेशमा संघर्षरत आफ्नो पार्टीलाई कुल ८० मध्ये २१ सीट जिताउँदै कमब्याक गराउन उनको भूमिका महत्वपूर्ण रहेको थियो । तर २०१९मा आप्mनै सीट गुमाएका गान्धी अहिले ब्याकफुटमा भएपनि भारतको राजनीतिमा गान्धी परिवारको चर्चा एउटा सदाबहार विषय हो ।


error: यो सुविधा उपलब्ध छैन !