थप एक सय १४ बीओपी
नेपालगञ्ज – सरकारले भारत र चीन दुवै देशका सिमामा बोर्डर आउटपोस्ट (बीओपी) थप्ने निर्णय गरेको छ ।
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
अब भारत र चीन दुवैतिरका सीमा क्षेत्रमा २ सय २१ वटा बीओपी रहनेछन् । सिमा सुरक्षालाई ध्यान दिंदै सरकारले विओपी बढाउने निर्णय गरेको जनाइएको छ ।
सिमाको सुरक्षा शसस्त्र प्रहरीले गर्ने गर्दछ । कालापानीको विवादपछि सरकारले सिमा सुरक्षामा चासो बढाएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बास्कोटाले सिमामा राज्यको बलियो उपस्थिति देखाउन खोजिएको बताउनुभयो ।
भारतसँग सीमा विवाद भएको दार्चुलाको ब्यास गाउँपालिका– १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने जनाइएको छ ।