रिटर्नी फेडेरेसनमा हेमराज गाैतम

नेपालगन्ज – नेकपा एमालेकाे जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल, बाँकेकाे अध्यक्षमा हेमराज (हरि) गाैतम चयन भएका छन् ।

फेडेरेसनकाे आज जिल्ला समिति पुनर्गठन गर्दा यसअघि उपाध्यक्ष रहेका गाैतमलाई अध्यक्ष बनाइएकाे हाे ।

फेडेरेसनकाे उपाध्यक्षमा चन्द्रप्रकाश भण्डारी, सचिवमा खड्कबहादुर चन्द, सहसचिवद्वय सम्झना लम्साल र सुशीलकुमार श्रेष्ठ, काेषाध्यक्षमा नन्कु यादव रहेका छन् ।

सदस्यहरुमा महेश्वर धिताल, ललितबहादुर विश्वकर्मा, पुनम मानन्धर, बेदबहादुर वली, भीमबहादुर राेका, जमान पठान र रामसुहावन गडरिया रहेका छन् ।

फेडेरेसनमा विदेशमा दुई वर्षबढी बसेर आएकालाई समेटिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !