नेपालगन्जमा रैथाने खाना महाेत्सव
नेपालगन्ज – नेपालगन्जकाे त्रिभुवनचाेकमा रैथाने खाना प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएकाे छ ।
पहिलाे पटक अायाेजना गरिएकाे दुई दिने रैथाने खाना महाेत्सवमा यहाँकाे सबैजसाे रैथाने खानाकाे स्टल नभएपनि चाट, पानीपुरी, सेलराेटी, जुस, म:म, चाउमिनका स्टल छन् । नेपालगन्जकाे रैथाने खानामा दही-रावडी, बिरयानी, कबाब, छाेले-भटाेरे, हलुवा-पराठालगायत पर्छन् । यी खानाका स्टल महाेत्सवमा भित्र नै नभए पनि अासपासमा सधै हुने गर्दछन् ।
पर्यटन बाेर्ड, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्याेग बाणिज्य संघलगायतकाे सहकार्यमा नाट्टा बाँकेले रैखाने खाना प्रवर्द्धन कार्यक्रम गरेकाे हाे ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले यसप्रकारकाे महाेत्सवले रैथाने खानाकाे प्रचारसँगै नेपालगन्जमा पर्यटन तान्न प्रभावकारी हुने बताए ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जलाई चलायमान गराउने एउटा प्रयास गरिएकाे बताए ।
संघीता कार्यान्वयन अघि गुल्जार रहेकाे नेपालगन्ज बजार सुक्दै गएकाे छ । नेपालगन्ज बजारलाई पुरानाे अवस्थामा फर्काउन सबैकाे हातेमालाे अावश्यक रहेकाे नेपालगन्ज उद्याेग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले बताए ।
बेलुका ५ देखि राती ११ बजेसम्म लाग्ने रैथाने खाना महाेत्सव अाज समापन हुँदैछ ।