नेपालका राजा राजावादी छैनन् – गगन थापा
नेपालगन्ज – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजा फर्काउन काठमाडाैंमा अान्दाेलन गरिरहेकाहरुलाई घर फर्किन अाव्हान गरेका छन् ।
नेवाली काँग्रेस, बाँकेकाे क्षेत्र नम्बर २ काे तेस्राे क्षेत्रीय सम्मेलनकाे उद्घाटन गर्दै महामन्त्री थापाले नेपालका राजा कहिल्यै राजावादी नभएकाले त्यसलाई ल्याउन सडकमा अान्दाेलन गरेर बिरामी नहुन अान्दाेलनकारीलाई अाग्रह गरे । ´घर फर्किनुस् साथीहरु राजा फर्काउन घाममा अान्दाेलन गरेर बिरामी हुने काम नगर्नुस्, ल मानाै राजा फर्किहाले पनि संवैधानिक भएर बस्दैनन्, तपाईहरुलाई नै काेच्छन्, महामन्त्री थापाले भने, नेपालकाे राजसंस्था संवैधानिक बन्दैन ।`
महामन्त्री थापाले नागरिकमा देखिएकाे उकुसमुकुस र असन्तुष्टिलाई भजाएर अाफ्नाे दुनाे साेझ्याउन थालिएकाे भन्दै व्यवस्था खराव नभएकाे कुरा जनतालाई बुझाउनु पर्ने बताए । ´नागरिककाे असन्तुष्टिलाई व्यवस्था खराव भएकाले अवस्था खराव भएकाे भन्नेतिर माेडिएकाे छ, थापाले भने, याे बेलामा व्यवस्था ठिक छ । अवस्था बदल्न सुधार गर्दैछाै भनेर बाटाे देखाउनु पर्छ ।`
थापाले चालक राम्राे नभएकाे कुरालाई गाडी र बाटाे नयाँ बनाउनु पर्छ भन्नु गलत हुने बताए । उनले चालक परिवर्तन गरेर अगाडि बढ्न सकिने बताए ।
उनले संघीय लाेकतान्त्रिक व्यवस्था ठिक भएकाे र यहीभित्र नागरिककाे अवस्था बदल्छाै भनेर नागरिकलाई भराेसा दिलाउनु पर्ने बताए ।
नेपाली काँग्रेस र एमालेले सरकार बनाउदा ७ बुँदे सहमति गरेकाे र त्यसमा संविधान संशाेधनकाे कुरा उल्लेख गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले संघ, प्रदेशकाे खर्च कटाैती गरेर अगाडि बढ्नु पर्ने बताए ।
क्षेत्रीय सभापति रमेश गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्यद्वय मधु अाचार्य र मैकुलाल वाल्मीकि, प्रदेश सभापति अमर पुन, जिल्ला अध्यक्ष नारायण गाैडेलले काँग्रेसलाई बलियाे बनाएर लैजान गुट उपगुट हटाउनु पर्ने बताए । साे अवसरमा काँग्रेस छाेडेर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तुराम थारु र लक्ष्मण थारु काँग्रेसमा फर्किएका छन् ।