विश्व साइकलयात्रीलाई नेपालगञ्जमा स्वागत

नेपालगञ्ज – लुधियाना पन्जाब हिन्दुस्तानका जतिन्दर सिंह र जतिन्दर सिंह बिश्व साइकल यात्राको पहिलो चरणको ३ हजार किलोमिटरको साइकल यात्रा तय गरेर निस्केको १५ औं दिन माघ १४ गते बनबासा नाका हुँदै महेन्द्रनगर, धनगढी भएर नेपालगञ्ज आइपुगेका छन् ।
यहाँ आइपुगेका साइकल यात्रीलाई दुई दिने आथिथ्यता नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले आफ्नै घरमा प्रदान गरेको बताउनुभयो । उनीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि नेपालगञ्ज साइक्लिङ क्लबले नेपालगञ्जमा खादा र अबिर लगाएर स्वागत सम्मान गरिएको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी दिनुभयो। जिउँदो हुँदा रक्तदान र मृत्यु पछि अङ्ग दान भन्ने नारा लिएर बिश्व साइकल यात्रामा निस्किएका पन्जाबका दुई साइकल यात्रीले पहिलो चरणको यात्रा पन्जाब, बरेली हुँदै नेपाल प्रवेश गरि महेन्द्रनगर, धनगढी, बर्दिया, नेपालगञ्ज, लमही, लुम्बिनी, बुटवल, नारायणगढ हुँदै काठमाडौ भएर मेची पुलबाट सिलगुडी हुँदै मणीपुर भएर भुटान सम्मको यात्रा पुरा गर्ने लक्ष्य राखेका छन् ।
साइकलको माध्यमबाट नेपाल प्रवेश गरेसँगै भेटिएका साइकलेहरुसँगकोको आत्मीय सम्बन्ध र आफुहरुलाइ प्राप्त सम्मान र सद्भावले आफुहरु निकै प्रभावित र खुशी भएको साइकल यात्री जतिन्द्र सिंहद्वयले बताउनुभयो ।
मानिसको मृत्यु पछि पनि मानवीय अंग काम लाग्ने र सक्रिय रहने हुँदा मानिसका अंग आँखा, कलेजो, आन्द्रा, किड्नी अर्को मानिसमा प्रत्यरोपण गर्न सकिने हुँदा आफ्नो मृत्यु पछि अरु मानिसलाई पुनर्जीवन दिन मिल्ने अंग दानको महत्वबारे यात्रामा भेटिएका मानिसलाई जानकारी दिने र उत्प्रेरणा दिदै अगाडि बढ्ने लक्ष्य सहित यो साइकल यात्रामा निस्किएको भारतीयद्वय साइकल यात्रीले बताए ।


error: यो सुविधा उपलब्ध छैन !