९० जना डिस्चार्ज, ७७ जना थपिए

नेपालगञ्ज – बाँकेमा शनिबार ९० जना डिस्चार्ज भएका छन् ।
कोरोना लागेका ४९ जना महिला र ४१ जना पुरुष डिस्चार्ज भएका हुन् । शनिबार नै जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा ५६ मा ३० जना, कोहलपुर मेडिकल कलेजमा ५१ मा ३३ जना र बागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा सक्रिय संक्रमितको संख्या ८ सय ७७ पुगेको छ । अस्पतालमा दुई जना सिकिस्त, ३३ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !