अस्पताल विकास समितिका सदस्यको अस्पतालबाटै मोटरसाइकल चोरी

नेपालगञ्ज – भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको मोटरसाइकल अस्पताल परिसरबाटै चोरी भएको छ ।
अस्पतालको विशेष कामले शनिबार पौने १२ बजे अस्पतालमा पुगेका श्रेष्ठको भे ७ प ९२६८ नम्बरको रातो रंगको होन्डा चोरी भएको हो ।
अस्पताल परिसरको पिपलको रुख नजिकै मोटरसाइकल राखेर श्रेष्ठ कार्यकक्षतिर गएका थिए । काम सकेर १ बजे फर्केर आउदा मोटरसाइकल चोरी भइसकेको थियो । अस्पतालमा सीसी क्यामेरा जडान गरिएको छ । सीसी क्यामेरामा चोर देखिएको छ ।
अस्पताल विकास समितिका सदस्य श्रेष्ठले मोटरसाइकल राखेर सवा घण्टामा फर्केर आउदा मोटरसाइकल चोरी भइसकेको जानकारी दिनुभयो । मोटरसाइकल चोरी भएकोबारेमा प्रहरीलाई खबर गरिएको छ ।
भेरी अस्पताल परिसरको पिपलको रुख नजिकै सेवाग्राहीले मोटरसाइकल राख्ने गर्दछन् । अस्पताल परिसरबाट धेरै नै चोरी भएपछि सीसी क्यामेरा जडान गरिएको छ । मुख्य प्रवेशद्वारमा गार्ड राखिएको छ । तर, अस्पताल परिसरबाट सवारी साधन चोरी हुन छोडेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !