मानवीय सहायता स्थलको उद्घाटन

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल परिसरमा मानवीय सहायता स्थलको निर्माण गरिएको छ ।
विपत व्यवस्थापनलाई ध्यानमा राखेर स्थापना गरिएको मानवीय सहायता स्थलको बिहीबार गृहसचिव प्रेमकुमार राईले उद्घाटन गर्नुभयो । गृहसचिव राईले मानवीय सहायता स्थल स्थापनाले विपत पर्दा हुने धनजनको क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो ।


बेलायती राजदुत निकोल पोलिटले २०७२ सालको भूकम्पमा काठमाडौंमा स्थापना गरिएको मानवीय सहायता स्थलले ठूलो सघाउ पुर्याएको बताउनुभयो । उहाँले सहायता स्थलको दिगोपना र प्रभवकारी परिचालनको लागि आग्रह गर्नुभयो ।
विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि पेपा ब्रायडफोर्डले सरकारी र गैरसरकारी निकायले मानवीय सहायता स्थलको प्रयोग गर्न सक्ने जानकारी दिनुभयो ।


सात वटै प्रदेशमा मानवीय सहायता स्थल स्थापना गर्ने तयारी भएको छ । त्यसका नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल परिसरमा मानवीय सहायता स्थल बनाउन जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ । अहिलेसम्म काठमाडौं, धनगढी र नेपालगञ्जमा मानवीय सहायता स्थल निर्माण गरिएको छ ।
मानवीय सहायता स्थलमा विपत पर्दा गर्ने उद्धार, खोज र राहतका समान भण्डारण गरेर राखिन्छ । आवश्यक परेको ठाउँमा छिटो पुर्याउने सम्बद्धले जनाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !