प्रहरीद्वारा ६ महिनामा नौ करोड राजश्व संकलन
नेपालगञ्ज – बाँके प्रहरीले ६ महिनामा नौ करोड बढी राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले ६ महिने प्रगति विवरण सार्वजनिक गर्दै यो अवधिमा नौ करोड ३९ लाख ९३ हजार ८ सय ७ रुपैया राजश्व संकलन गरेको जनाएको छ । बाँके प्रहरीले गतवर्षको यो अवधि भन्दा यसपाली कयौ गुणा बढी राजश्व संकलन गरेको छ । गतवर्ष यो अवधिमा दुई करोड ७५ लाख ३४ हजार ७ सय ३८ रुपैया राजश्व संकलन गरेको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, भन्सार चोरी पैठारीबाट चार करोड ३६ लाख २६ हजार ६ सय ८ रुपैया, सुन तस्कर कारबाहीबाट तीन करोड १३ लाख ९७ हजार ६ सय ७५, ट्राफिक कारबाहीबाट एक करोड १२ लाख ३४ हजार पाँच सय, नदीजन्य पदार्थ उत्खनन्बाट तीन लाख ३० हजार रुपैया राजश्व संकलन भएको छ । जुवातास कारबाहीबाट नौ लाख ५१ हजार ६ सय १०, काठ तस्कर कारबाहीबाट ६ लाख ५३ हजार नौ सय, क्वारेन्टाइन नगराइएका कुखुरा तथा माछामासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५ सय १४ रुपैया असुली भएको छ ।
प्रहरीले सुन तस्करीमा दुई जना, भन्सार चोरी पैठारीमा २७ जना, भारतबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु, माछामा ७ जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लंघनमा २० हजार ५ सय ३५ सवारी साधन, सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको जनाएको छ ।