एक सय ६७ लाई जाँच्दा एक सय आठ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा एक सय आठ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, एक सय ६७ जनाको परीक्षण गर्दा एक सय आठ जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा एक सय एक जनाको परीक्षण गर्दा ७० जना, कोहलपुर मेडिकल कलेजमा ५३ जनाको परीक्षण गर्दा ३२ जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा ६ जनालाई कोरोना देखिएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ८४ पुगेको छ । अस्पतालमा आउने विरामी पनि बढेका छन् । अस्पतालमा सिकिस्त एक जना, मध्यम २० जना र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । जिल्लामा ११ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !