बाँके प्रहरीको ६ महिने प्रगति विवरण सार्वजनिक

नेपालगञ्ज – बाँके प्रहरीले पछिल्लो ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
बाँके प्रहरीले यो बीचमा ५ सय ३७ मुद्दामा ६ सय ७४ जनालाई पक्राउ गरेर कारबाही गरेको छ ।
प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा डीएसपी मधुसुदन न्यौपानेले दिएको जानकारी अनुसार, २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, चार किलो ३ सय ७५ ग्राम चरेश, तीन हजार ५ सय ४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार लिटर कोरेक्स, २० ग्राम गाजा, एक हजार चार सय ३० ट्याब्लेट ट्रामाडोलसहित ८८ जनालाई लागु औषधी मुद्दामा कारबाही गरिएको छ । कारोबारीबाट ५ लाख ११ हजार बरामद गरिएको छ ।


यो अवधिमा एक सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । विमानस्थलबाट चार किलो २९.१९ ग्राम सुन बरामद गरिएको छ । २० लाख बराबरको बोइलर कुखुरा, चल्ला, मासु, माछासहित ७ जनालाई पक्राउ गरिएको छ । तीन वटा बाघको छाला, एउटा रेडपाण्डाको छाला, चार वटा भालुको पित्त, दुई वटा हात्तीको दाँतसहित १० जनालाई पक्राउ गरिएको छ । ११ गोलिया काठसहित तीन जना, कटुवा पेस्तोलसहित तीन जना, एयरपेस्तोलसहित एक जना, भरुवा बन्दुक एक थान, सोमा लाग्ने छर्रा तीन वटासहित चार जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले यो अवधिमा नदीजन्य पदार्थ नियन्त्रण, जुवातास, बेश्याबृत्ति, ट्राफिक नियमित उल्लंघन, चोरी नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण गरेको जनाएको छ ।
पत्रकार सम्मेलनपछि प्रहरीले बरामद भएको लागु औषधी नष्ट गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !