सम्पर्क कार्यालय खोलेर अगाडि बढे गौडेल

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । सभापतिका उम्मेदवार गौडेलले नेपालगञ्ज मेडिकल कलेज अगाडि सम्पर्क कार्यालय खोलेका हुन् ।
पुष २७ गते हुने जिल्ला अधिवेशनमा कोइराला समूहबाट सभापतिको एक्ला उम्मेदवार गौडेलले सम्पर्क कार्यालय खोलेपछि अर्को समूहलाई दबाब बढेको छ । संस्थापन समूहमा सभापति छान्न नै सकस परेको छ । त्यागी र सादगी नेता गौडेललाई जिताउन जिल्ला सभापति किरण कोइराला, संविधान सभा सदस्य भोला सिद्धिकी, युवा नेता टेकनारायण भुसाल, तप्प पौडेल, कोहलपुरका विरेन्द्र शाहलगायत अगाडि सरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !