एक सय दुई जनाको जाँच गर्दा चार जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा एक सय दुई जनालाई जाँच गर्दा चार जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोरोना देखिएकामध्ये तीन जना बाँके जिल्लाका रहेका छन् । एकजना दैलेखका छन् ।
भेरी अस्पतालमा ३१ जनाको जाँच गर्दा तीन जना र कोहलपुर मेडिकल कलेजमा ४५ जनाको जाँच गर्दा एक जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा २६ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा ११ जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !